त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘रानीमहल’ को घोषणा

प्रेमको प्रतिकको रुपमा मानिने ‘रानीमहल’को नाममा अब चलचित्र बन्ने भएको छ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर तयार पारिने काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

होटल अन्नपूर्णमा आयोजना भएको पत्रकार सम्मेलनमा डेढ करोड लगानीमा बन्ने चलचित्रको घोषणा गरियो । चलचित्रको छायांकन ४५ दिनमा सक्ने योजना निर्माणपक्षको छ । चलचित्रलाई बुटबल, भैरहवा, चितवन, स्याङग्जा, पोखरा, पाल्पा र काठमाडौंमा सुटिङ गरिनेछ । हिमाल न्यौपानेले निर्देशन गर्न लागेको चलचित्रमा विमल भुषालको लगानी रहनेछ ।

चलचित्रमा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायांकन, अर्जुन पोखरेल र हुर्कलश बस्नेतको संगीत, हिमाल केसीको एक्सन रहनेछ । चलचित्रमा नीर शाह, बिएस राना, केशव भट्टराई, प्रशान्त ताम्राकार, सुष्मिता बमजन, रश्मी भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, वर्षा सिवाकोटी, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल, अनामिका लामिछाने, भिस्म राज जोशी, सौगात धिताल, बिनोद कुमार सापकोटा, सुरज चौलागाईं, पुष्पा निरौला, भोला शाह, गणेश पौडेल लगायतका कलाकारले अभिनय गर्दैछन् ।

कार्यक्रममा बोल्दै नायिका बर्षा सिवाकोटीले एउटा उत्कृष्ट प्रेमकथामा चलचित्र बन्ने लागेको बताइन् । उनले चलचित्रमा आफू ‘रानी’को भूमिकामा देखिने समेत बताएकी छिन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com