तेह्रथुम जिल्लाका ६ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंक खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न स्वीकृति छैन । सरकारी कारोबार गर्ने बैंक नहुँदा कारोबार गर्न समस्या भएको छ ।
स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ आउँदा समेत कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता ग्रामीण भेगका नागरिकमा रहेको छ । सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत सास्ती भएकोे छ ।
स्थानीय तह भित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ । जसको कारण तलबभत्ता, सामाजिक सुरक्षाभत्तालगायत रकम निकासा गर्न समेत झन्झट भएको कर्मचारीहरुले गुनासो गरेका छन् ।
लालीगुराँस नगरपालिकामा पनि राष्ट्रिय बाणिज्य बैंकले शाखा विस्तार गर्ने भनेपनि अहिलेसम्म शााखा पुगेको छैन ।

English
MTV NEPAL MTVNEPAL


