तीजको नाममा बढेको विकृति माईतीका आँगनमा भेला हुने चेली शहरका पार्टी प्यालेसमा रमाउन थाले

भरर… रानी चरि अंसेलुको गाँझैमा
मलाई सम्झी नरोउ आमा सम्झि साँझैमा ……

बिमा कुमारी दुराको आवजमा रहेको यो पुरानो तीज गीतमा वर्ष दिनको तीजका बेला पनि माईत जान नपाएकि चेलीको व्यथा पोखिएको छ । अहिलेको जस्तो प्रवृधिको विकास पहिला थिएन । पहिले पहिले छोरी चेलिहरुको मनमा यस्तै पिडा गुम्सिएको हुन्थ्यो । वर्षको एकदिन आउने तीजमा पनि माईत जान नपाउँदा हुने छोरी चेलिको विलौनाले भरिएका गितहरु क्यासेट, रेडियोमा गुन्जिदा ती छोरी चेलि आफ्नै बह पोखे झैं मान्थ्ये ।

आज मेरो माईत जाने पालो….
नराम्रो देखे सपनीमा बरिलै किन होला ?
शर्मिला गुरुङको आवाजमा रहेको यो गितमा तीजका बेला माईत जान लागेकी चेलीको मनमा रहेको उथलपुथल देखाउँछ । माईत जाने भनेको अघिल्लो राती सपनीमा केहि नराम्रो देखेपछि माईतीघरमा के ही भयो की भन्ने चिन्ताले सताएको चेलीको मनको बह पोखिएको छ यो गितमा । साँच्चिकै अहिले जस्तो स्मार्ट फोन , विभिन्न माध्यमहरु कहाँ थियो र पहिले ? कहाँ के भईरहेको छ एकैछिन जानकारी पाउनलाई …पहिला पहिला सवारी साधन थिएनन् , सवारी त धेरै परको कुरा हो बाटोघाटोहरु पनि राम्ररी बनेको थिएनन् । केहि जानकारी पाउन पनि महिनौं दिन कुर्नु पथ्यो । टाढा बिहेबारी गरेर गएकी छोरी विशेषगरि तीजका बेला माईतीघर आउने गर्थे । महिनौदिन हिँडेर भएपनि आफ्नो जन्मघर ,आफ्ना बा–आमा, दाजुभाई, बच्चाबेलाका साथीहरुको भेट हुने आशले सबै पिडा भुल्थे चेलिहरु । फेरि यो सौभाग्य पनि सबै चेलिको भाग्यमा कहाँ हुन्थ्यो र , कोही कोही छोरीचेली वर्षौ बित्दा पनि बल्ल तल्ल माईत जान पाउँथे । सुचनाको सर्वसुलभ सुविधा नहँुदा आफुले देखेका सपनाकै आधारमा के ही भयो की भन्दै अन्दाज लाउँथे चेलिहरु । यता माईती पनि तीजका बेला छोरी चेलि आउने आशले बसिरहेका हुन्थ्ये ।

तर नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अस्तित्व पहिले जस्तो अब कहाँ रह्यो र ? पहिले पहिले विशेषगरि विवाहिता महिलाहरुले आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै निश्चल व्रत बस्ने गर्दछन् भने अविवाहित युवतिहरुले असल श्रीमान पाईयोस भन्ने मनोकामनाका लागि व्रत बस्तै भगवान शिवको पुजा आराधना गर्ने गर्दथे । तिज नेपाली महिलाहरुकै लागि अत्यन्तै विशेष थियो । टाढा–टाढा विहेवारि भएर गएका छोरी चेलिलाई माईति लिन जाने चलन थियो । आफ्ना दिदिबहिनीलाई तिजको निम्तो गर्न दाजुभाई जाने गर्दथ्ये । अरु बेला भन्दा तिजका समयमा छोरी चेलि पनि माईति जान पाईने कुराले निकै हर्षित हुने गर्र्दथे । माईती जाँदा आफ्नो जन्मघरको यादहरु बालापनका शखीहरु तिजका बेला भेला भएर सबै दिदिबहिनि मिलेर दर खाने आफुले भोगेका पिर व्यथालाई गितमा उतारेर आफ्नो पिडा कम गर्ने ,नाच गानाले माईती घरको शोभा बढाउथे चेलीहरु । भदौरे तिजमा घन्किने मादलुको तालले वातावरण नै प्रफुल्लित बनाउने गर्दथ्यो । त्यतिबेलाको तीजको हर्ष मौलिकताले भरिएको हुन्थ्यो त्यतिबेलाको तीजको, मान्यता नै निकै ठुलो थियो तर अहिले त्यसको ठ्याक्कै उल्टो भएको छ ।

अहिले गाउँघरमा तीजको माहोल फेरिएको छ । न पहिले जस्तो हर्ष छ । न महत्व …अहिले गाउँघरमा पहिले जसरी मादलुको ताल घन्किन छाडिसक्यो । साथीसंगी, ठूलीआमा, सानीआमा, फुपू , अमाजु ,सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भएर नाचगान ,भेला हुने चलन हटिसक्यो , बर्षदिनका बह पोखीएका तीजका भाका गुन्जिन छाडे अचेल । नाचगान गरेपनि पनि ठुला ठुला स्पिकरमा सुर न भाकाका गित बज्न थालेका छ । मौलिकता त कता हो कता । न माईतिलाई छोरी चेली आउलान भन्ने आशा छ न त छोरीचेलीलाई माईत जाने उत्सुकता , शहरमा विहेबारी भएका चेलि शहरमै हराउन थाले अरु छोरी चेलि पनि भिडियो कलमै कुरा गरेर आफ्ना बह पोखि हाल्छन् ।

यता शहर को त झन् कुरै छोडौं । गाउँघरमा माईतीका आँगनमा भेला हुने चेली आजकाल शहरका पार्टी प्यालेसमा हुने तीजका कार्यक्रममा रमाउन थालेका छन् । पहिले पहिले माईतीले पकाएको मिठो मसिनो दर सर्वोपरि ठान्ने चेलीहरुलाई अहिले विदेशी स्वाद बाहेक अरु निको लाग्दैन । सासू–ससुरा र श्रीमानको व्यवहारले आफ्नो मन लागेका बेलामा माइत जान नपाउँदा त्यस्तै तीजमा माईती लिन नआउँदा मनमा भरिएका पिर ब्यथा पोखिने तीजका भाका फेरिएर अहिले डिस्कोमा बच्ने गितमा छाडापन झल्काउँदैछन् महिलाहरु । पश्चिमी संस्कृति हाबी हँुदै गर्दा अब कहाँ रह्यो र तीजको महत्व ? कहाँ अस्त्वि छ र धर्मको ? कसलाई जोगाउनु छ र यहाँ सांस्कृति ?

राष्ट्रिय महिला आयोगकी उप–सचिव चमिला भट्टराई अहिलेको तीज साँच्चिकै भड्किलो भएको बताउनुहन्छ । हामीसंगको टेलिफोन कुराकानीमा भट्टराईले एकैदिन सबै छोरी चेलि भेट हुन सम्भव नभएपनि तीजका नाममा महिनौदिन अघि देखिनै विभिन्न कार्यक्रम गर्नु उचित नभएको बताउनुभयो । अहिलेको तीजले केवल देखासिखिलाई बढावा दिएको भन्दै यस्तो विकृति रोक्नु पर्ने उहाँको भनाँई छ । “हो छोरी चेलि सबै एकै दिन भेला हुन नसक्लान तर महिनौं दिन देखि पार्टी प्यालेसमा तीज मनाउनुले नेपालको मौलिकता माथी नै प्रश्न उठाएको छ । तीज भनेको घरमा मनाउने हो, नाचगाना गर्ने हो ,पार्टी प्यालेसमा होईन ।” यस्तो संस्कृतिलाई अनुशरण गर्दा हुनेखानेलाई केहि फरक नपरेपनि निम्न वर्गलाई आर्थिक भार पर्ने उहाँले बताउनुभयो । “अहिले तीज केवल महंगा महंगा लुगा र गरगहना देखाउने प्रतिस्पर्धा जस्तो मात्र बनेको छ । तीजको वास्तविक महत्व गुम्दै गईरहेको अवस्था छ । ”
यसले समाजमा नकारात्मता मात्रै फैलाउने भन्दै उप–सचिव भट्टराईले त्यस्तो बहकाउमा नआउन सम्पुर्ण महिलाहरुलाई आग्रह समेत गर्नुभयो । सबै मिलरे तीजको वास्तविक महत्वलाई जोगाई राख्नुपर्नेमा उहाँको जोड छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com