धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ ।

भोजपुर, ३ कात्तिक । षडानन्द नगरपालिका ३ खार्ताम्छा बस्ने २८ वर्षीया कल्पना राईको धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ सिक्तेलटार बस्ने २२ वर्षीय प्रदिप बस्नेतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय सोमबारे हाटबाट घर जाँदै गरेको अवस्थामा प्रदिपले कल्पनालाई धारिलो हतियार तथा ढुंगा प्रहार गर्दा मृत्यु भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घटनाको क्रममा घाइते भएकी कल्पनासँगै घरतर्फ फर्कँदै गरेकी सोही ठाउँ बस्ने नबिना राईको स्थानीय उपस्वास्थ्य चौकी खार्ताम्छामा उपचारको भइरहेको छ । हतियार प्रहार गर्नुको कारण हाल खुल्न सकेको छैन् ।

अवैध लागूऔषध सहित पक्राउ ।
काठमाडौं, ३ कात्तिक । रुपन्देही, बुटवल उपमहानगरपालिका(४ स्थित हाटबजारबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पाल्पा तिनाउ गाउँपालिका ६ बस्ने ४८ वर्षीया नरकुमारी गाहालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट अम्मरपथबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नर कुमारीले तरकारीको बोराभित्र लुकाई राखेको उक्त लागूऔषध गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
धनुषा, जनकपुर उपमहानगरपालिका ८ रमानन्दचोकबाट महोत्तरी पिपरा गाउँपालिका १ बस्ने २४ वर्षीय श्रवण मिश्र र २२ वर्षीय सुमन कुमार मिश्रलाई नियन्त्रित लागूऔषध प्रोक्सीभ्यान ३० ट्याब्लेट र नाईट्राभेट ६२ ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ ।
बारा, ३ कात्तिक । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रसौनी गाउँपालिका ३ स्थित इँटाभट्टामा काम गर्ने भारत युपी मुरहदाबाद घर भएका २० वर्षीय आरिफ मिया र सोही ठाउँ घर भएका १९ वर्षीय सारिक मियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विभिन्न पटाका सहित पक्राउ
काठमाडौं, ३ कात्तिक । काठमाडौं महानगरपालिका(३२ टाउन प्लानिङ बस्ने सर्लाही घर भएकी २५ वर्षीया बबिता राउतलाई झिरझिरे पटका ८ प्याकेट, चक्र पटाका १ प्याकेट र खुर्सानी पटाका ६० प्याकेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बबिताले सोही ठाउँस्थित आफ्नै सोनाम किराना पसलमा उक्त पटाका बेच्दै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका ३ स्थित बाग्लुङ, बाग्लुङ नगरपालिका ७ घर भएकी ३३ वर्षीया दिपा शर्माको किराना पसलमा ३२ प्याकेट पटाका फेला पारी शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका ३ फुटाहाबाट मैनबत्ती पटाका ५ सय थान, फुलझरी पटाका २ सय थान, सुतली पटाका १ सय थान, चक्कर पटाका ५० थान र रकेट पटाका २० थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याई बेवारिसे अवस्थामा थुपारी राखेको उक्त पटाका प्रहरीले फेला पारी बरामद गरेको हो ।
भन्सार छली चोरी पैठारी गरी राखेको सामान बरामद
सिराहा, ३ कात्तिक । भगवानपुर गाउँपालिका ४ ठाँडीबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी राखेको करिब १३ लाख २२ हजार ८ सय ९६ रुपैयाँ बराबरको कपडा, कष्मेटिक सामान, हार्डवेयर सामान र अटोपार्टसका सामान शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने गोपाल कामैत र बाली कामैतको घरमा गोदाम गरी राखेको अवस्थामा उक्त सामान बरामद गरी आवश्यक कारवाहीको लागि ठाँडी भन्सार कार्यालय बुझाएको हो ।
आगलागीबाट विभिन्न धनमाल नष्ट
काठमाडौं, ३ कात्तिक । रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका(६ महजिदियास्थित राजकुमार यादवको घरमा शनिबार साँझ बिजुली सर्ट भई आगलागी हुँदा उक्त घरमा रहेको तारस मेसिनरी एन्ड हार्डवेयर पसलमा समेत आगलागी भई पम्पसेट १४ थान र अन्य पाटपुर्जा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाही, लालबन्दी नगरपालिका(७ बजारस्थित राजेस प्रसाद साहको हार्डवेयर पसलमा शनिबार राति बिजुली सर्ट भई आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com