चलचित्र ‘मंगलम्’को प्रदर्शनपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवहा हुने भएको छ । सोमबार नेपालगञ्जमा पत्रकारहरुसँग निर्माता ओझाले मंगलम्को प्रदर्शनपछि विवाह हुने जानकारी गराए ।
यही माघ २५ गते प्रदर्शनमा आउन लागेको चलचित्र मंगलम्को प्रचार–प्रसारका युनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा ओझाले शिल्पाको परिवारसँग कुराकानी भइसकेको बताए । उनले सबै तयार पनि भएकाले घरमै पुगेर खाना समेत खाएर आइसकेको खुलासा गरे
यसबारेमा नायिका शिल्पाले भनिन्, ‘अहिलेलाई चलचित्र मंगलम्को कुरा गरौं, बाँकी कुरा पछि सार्वजनिक गरौंला ।’ तर, उनले घरपरिवारमा कुरा भएको स्वीकार गरिन् ।

English
MTV NEPAL MTVNEPAL


