काठमाडौंको गौशलामा रहेको अमादब्लम होटलमा एक पाहुनाको हत्या भएको छ । होटलमा बस्न आएका भारतीय नागरिक अदित्य गुरुङको होटलकै कर्मचारीबाट हत्या भएको आशंका प्रहरीको छ । मध्येरातमा होटलका कर्मचारीसँग मागेको मदिरा नपाएपछि बिवाद गर्न खोजेपछि होटल कर्मचारीले टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । होटलबाहिरबाटै मदिराले मातेर आएका गुरुङको मध्येरातमा होटलकी रिसेप्सनिष्ट डोंगी शेर्पासँग विवाद भएको र सोही क्रममा झगडा हुदाँ उनको मृत्यु भएको होटलका एककर्मचारीले बताए । प्रहरीले घटनामा सम्लग्न भएको भन्दै शेर्पासहित होटलका सुरक्षागार्ड र कर्मचारी गरी ५ जनालाई पक्राउ गरेको छ।

English
MTV NEPAL MTVNEPAL


