गत शनिबारदेखि अनिश्चितकालीन धनगढी बन्द ।

धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय खारेजको माग गर्दै शनिबारदेखि आह्वान गरिएको अनिश्चितकालीन धनगढी बन्द आज पनि यथावत छ ।कांग्रेस नेतृत्वमा आह्वान भएको बन्दलार्इ उद्योग बाणिज्य संघ, कैलाली, प्याब्सन, एन प्याब्सन र बस ब्यबसायीलगायतले समर्थन गरेका छन् ।बन्दका कारण उद्योग, कलकारखाना, शिक्षण संस्था पसल खुलेका छैनन् भने सवारी साधनहरु ग्यारेजमा थन्किएका छन् ।बन्दका क्रममा हुन सक्ने सम्भावित घटनालार्इ ध्यान दिँदै सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । सशस्त्र र नेपाल प्रहरीले सडक तथा चोकहरूमा पहरा दिइरहेका छन् ।प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो ।आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् ।त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com