खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई जापानको ३२ करोड अनुदान

काठमाडौं, माघ ११ । जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध गराउन लागेको हो ।

गत वर्षको बाढीले नेपालको कृषि क्षेत्र नराम्ररी प्रभावित भएको थियो भने बालीनालीसमेत बगेको थियो ।

प्राकृतिक विपत्तिका कारण उत्पन्न प्रतिकूल अवस्थामा खाद्यान्न अभाव हुन नदिन जापान सरकारको ‘केनेडी राउन्ड’ योजनाअन्तर्गत् उक्त रकम उपलब्ध गराउने घोषणा गरिएको हो ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरे ।

आपूर्ति मन्त्रालयको नेतृत्वमा नेपाल खाद्य संस्थानले उक्त कार्यक्रम कार्यान्वयन गर्नेछ ।

त्यस अवसरमा सचिव अधिकारीले नेपालको भौतिक पूर्वाधार, सामाजिक एवं दिगो विकासका निम्ति निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गरे ।

राजदूत ओगावाले उक्त कार्यक्रम कार्यान्वयनबाट नेपालका दुर्गम जिल्ला खाद्यान्न संकटबाट मुक्त हुने विश्वास व्यक्त गरे ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com