‘क्यास ब्याक’ शैली बाँध मायाले’को

चलचित्र प्रचारका लागि निर्माताहरुले नयाँ नयाँ उपाय अपनाउँछन्, ताकी दर्शक हलसम्म आउन् । असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को निर्माणपक्षले पनि यस्तै शैली अपनाइरहेको छ । यो चलचित्रको निर्माणपक्षले दर्शकका लागि क्यासब्याकको अफर ल्याएको हो ।
‘खल्ती डिजिटल’ प्रयोग गरेर अनलाइनमार्फत चलचित्रको टिकट खरिद गर्दा सबै दर्शकले १५ प्रतिशत क्यासब्याक पाउनेछन् । यो अफर चलचित्र हलमा चलिन्जेलसम्म कायम रहनेछ । यो एप मार्फत चलचित्र हेर्नका लागि आफ्नो उपयुक्त समय र सिट रोजेर दर्शकले टिकट काट्न पाउनेछन् सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन अधिकारी, श्रृष्टी श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ । रामहरी धिताल र विभिषिका श्रेष्ठको लगानी रहेको चलचित्रमा केदार धिताल कार्यकारी निर्माताको रुपमा छन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com