क्यालिफोर्नियामा लेदोसहितको पहिरोमा मृत्यु हुनेको संख्या १७ ; २८ जना घाइते

पुस २७ – लगातारको वर्षासँगै अमेरिकाको क्यालिफोर्नियामा बुधबार गएको लेदोसहितको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ , १३ जना हराइरहेका छन् । लेदोसहितको पहिरोका कारण २८ जना घाइते भएका छन्। उद्धारकर्मीले अहिले पनि बेपत्ताको खोजी तथा उद्धार गरिरहेका छन् ।
लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। क्यालिफोर्नियाको मोन्टेसिटोक्षेत्रमा लेदोसहितको पहिरो गएको हो । पहिरोका कारण एक सय भन्दा धेरै घरमा पूर्ण तथा अरु तीन सय घरमा आंशिक क्षति भएको छ । उद्धारकर्मीले हिलोमा पुरिएकी दुई वर्षकी बालिकाको जीवितै उद्धार गरेका छन् । उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com