मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले आफ्नो प्रदर्शोन्मुख फिल्म ‘केसरी’को पोष्टर टि्वटरमा सार्वजनिक गरेका छन् । यो एतिहासिक विषयवस्तुमा आधारित फिल्म हो ।
फिल्मको पोष्टर रिलिज गर्दै अक्षयले लेखेका छन्, ‘यो पोस्टर सेयर गर्दा मलाई गर्वको अनुभुति भएको छ । यो मेरो अहिलेसम्मकै बहुप्रतिक्षित फिल्म हो । मलाई सबैको शुभकामनाको आवश्यकता छ ।’
फिल्मको पोष्टर रिलिज भएलगत्तै निर्देशक करण जौहरले टि्वट गर्दै शुभकामना दिएका छन् ।
‘केशरीका लागि म पनि उत्साहित छु । यो बहादुरीको महान गाथा हो,’ निर्देशक जौहरले भनेका छन् ।
यो फिल्म सारागढीको युद्धमा आधारित छ । सारागढीको यो लडाई १९ औं शताब्दीमा २१ सिख सैनिक र १० हजार अफगानीबीच भएको थियो । सिख सेनाद्वारा लडिएको यो अहिलेसम्मकै ठूलो युद्ध मानिन्छ । त्यसो त आउँदो २६ जनवरीमा अक्षयकुमार अभिनित ‘प्याडम्यान’ रिलिज हुने भएको छ ।

English
MTV NEPAL MTVNEPAL


