पार्टी टुट्नु बिडम्बना,एमाले नेता जंगली भन्छन : नेतामा हुनुपर्ने गुण शिर्ष नेतामा छैन

शिर्ष नेताका कारण दुई तिहाई भोट पाएको देशकै ठुलो पार्टी नेकपा एमाले टुटेको एमाले नेता चुडामणी जंगलीले बताए । मिथिला टेलिभिजनको एक कार्यक्रममा बोल्दै उनेले अहंकार र दम्भले पार्टी दुर्घटनामा परेको बताए । उनले भने “हाम्रा शिर्ष नेतामा नेतामा हुनुपर्ने वास्तविक गण नै छैन । ” नेकपा एमाले विभाजन हुनुमा युवराज जंगलीको पनि ठुलो हात छ भन्ने प्रश्नको खण्डन गर्दै उनले भने “म एक श्रमिक वर्गको मान्छे हुँ , मलाई त्यस्तो जालझेल आउँदैन ठुलो नेता बढी महत्वकांक्षी हुँदा देश बिग्रिएको हो ।” पेशागात महासंघका ईन्र्चाज समेत रहेका उनले राज्यको नेतृत्वका कारण वर्षेनी लाखौं युवा अवसरका लागि विदेश पलाएन भईरहकोमा दुख व्यक्त गरे । विभिन्न सरकारी कार्यालयमा थुप्रिएको पैसालाई उत्पादनमुखी क्षेत्रमा खर्च गर्नुपर्नेमा सरकारले जोड दिनुपर्ने उनको भनाई छ ।
यसैबिच असार १९ गते स्वास्थ्यमन्त्रि मोहन बहादुर बस्नेतले कर्मचारीमाथि गरेको व्यवहारमाथि पेसागत महासंघको ध्यानाकर्षण रहेको भन्दै त्यस्ता मन्त्रिले तुरुन्तै राजिनामा दिनुपर्ने ईन्चार्ज जंगलीले बताएका । उनले “भने समस्या राख्न आएका कर्मचारीलाई आफ्नो कार्यालयमा डोरी लाएर झुुन्डिएर मर भन्ने , त्यस्तो अमानविय कुरा गर्न हुन्छ । ” त्यस्ता मन्त्रिले मुलुकको नेतृत्व कसरी गर्न सक्छ ? भन्ने प्रश्न गर्दै उनेले त्यस्ता मन्त्रिको लागि सडकदेखि संसदसम्म राजिनामाको माग गर्नुपर्ने बताए । र कर्मचारीले पनि आफुमाथि भएको अन्याएको प्रतिकार गर्नुपर्ने जंगलीले बताए । राम्रो काम गर्नेलाई प्रेत्साहन र गलत गर्नेलाई दण्डित गर्नुपर्नेमा उनको जोड छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com