काठमाडौँ— रोगगारीको गन्तव्य कतार भिसा सेन्टर क्यूबीसी सुचारु गर्न अनुमति दिएको छ । सेन्टरबाट कतारमा काम गर्न जाने नेपाली कामदारको बायोमेट्रिक औंठा छाप, , स्वास्थ्य परीक्षण, रोजगार करारपत्र प्रमाणीकरण र भिसा प्रक्रियाको काम हुनेछ । अब यी प्रक्रिया नेपालमा पूरा भएपछि मात्रै नेपाली कामदार कतार जान पाउने भएको छ । कतारले ‘भिसा सेन्टरबाट सेवा दिएबापतको शुल्क रोजगारदाताले व्यहोर्ने र नेपाली कामदारले कुनै शुल्क तिर्न नपर्ने’ पत्र पठाएपछि अनुमति दिइएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । यो सेन्टरको औपचारिक उद्घाटन सेन् भएको छ जुन कार्यालय चक्रपथमा स्थापना गरिएको जानकारी छ । कतारले प्रमुख रूपमा कामदार लैजान विभिन्न देश लगायत श्रीलंका, बंगलादेश, भारत र पाकिस्तानमा भिसा सेन्टर स्थापना गरी सेवा दिलाउने बताइएको छ।कतार भिसा सेन्टरकै वेबसाइटमा उल्लेख भएअनुसार बायोमेट्र्रिक भिसा शुल्क १३७ डलर कामदारले तिर्नु नपर्ने उल्लेख छ । तर ‘लाउन्ज’ शुल्क भने स्थानीयस्तरमा सेन्टर सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीले लिने उल्लेख छ ।कामदारले भिसा शुल्क र सेवा शुल्क बुझाउन नपर्ने, रोजगारदाताबाटै स्वास्थ्य परीक्षण शुल्क, बायोमेट्रिक, विद्युतीय करारपत्र हस्ताक्षर र समय बुकिङको शुल्क सबै व्यहोर्ने कतारको लिखित भनाइ छ । गन्तव्य देशमा मेडिकल फेल भएर फर्किनुपर्ने अवस्थाबाट कामदार मुक्त हुने, एकैद्वारबाट भिसासम्बन्धी सबै प्रक्रिया पूरा हुने र कामदार कतार पुगेकै दिनबाट कानुनी हैसियतमा प्रमाणित करारपत्र बोकेर काम गर्न पाइने कतारी पक्षको जानकारी गराएका छन् ।

English
MTV NEPAL MTVNEPAL


