त्रिशूली नदीमाथि निर्माण कार्यलाई शिघ्र नै तयार गर्नका लागि आजको दिन बिहिबार देखि पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक १४ दिनका लागि बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रको काम का लागि यस्तो सुचना जारी गरिएको छ । जेठ १६ देखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजे र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द हुने जानकारी छ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ । यसले गर्दा दुई तर्फी आवत जावत सवारीलाई सहज हुने जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


