उत्तर कोरियाले सिरियालाई रासायनिक हतियार बनाउन सहयोग गरेको खुलासा भएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरुले सिरिया युद्धमा प्रयोग भइरहेको भनिएको रासायनिक हतियार बनाउने सामग्री उत्तर कोरियाले पठाएको दाबी गरेका छन् ।
सिरियामा प्रयोग भएका रासायनिक हतियारको अध्ययन गर्दा उत्तर कोरियाली रासायनिक हतियारसँग मेल खाएको दाबी रिपोर्टमा गरिएको छ ।
पछिल्ला दिनमा सिरियाली सेनाले विद्रोहीविरुद्ध क्लोरिन ग्यास प्रयोग गरेको खुलासा भएको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध भोग्दै आएको छ ।
विद्रोहलाई दबाउने नाममा बालबालिका र सर्वसाधारणसहित सयौंको ज्यान गएपछि यो आक्रमणको अन्तर्राष्ट्रिय रुपमै आलोचना हुँदै आएको छ ।

English
MTV NEPAL MTVNEPAL


