काठमाडौं, ५ कात्तिक । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट पर्सा बहुद्रामाई नगरपालिका ७ विश्रामपुर बस्ने ३८ वर्षीय शम्भु साह कलवार र सोही ठाउँ बस्ने २६ वर्षीय असलम देवानलाई अवैध लागूऔषध गाँजा ४ केजी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५५ प ६०२५ नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शम्भु र मोटरसाइकलमा सवार असलमलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

English
MTV NEPAL MTVNEPAL


