अवैध लागूऔषध सहित पक्राउ ।

काठमाडौं, ६ कात्तिक । शंखरापुर नगरपालिका ३ जरसिंह पौवाबाट सोही ठाउँस्थित नाङ्लेभारे बस्ने २९ वर्षीय दिपक तामाङलाई अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु करिब १ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।
सर्लाही, ब्रहरमपुरी गाउँपालिका ३ झिमपुलस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ४ सय १० ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन ८ ट्याब्लेट, डाइलेक्स सिडी ३ बोतल, कोसोम एलसिडी ३ बोतल र १ थान मोबाइल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही चन्द्रनगर गाउँपालिका ५ बस्ने १९ वर्षीय सुनिल कुमार राम र चक्रघट्टा गाउँपालिका २ बस्ने २० वर्षीय सचिन कुमार यादब रहेका छन् । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com