अमेरिका शक्तिशाली मुलुकको हो । धनी देशमा पनि पर्छ अमेरिका । अमेरिकासँग संसारममा सबैभन्दा बढी सुन रहेको दाबी गरिएको छ । अमेरिकाको गोल्ड रिजर्वको केन्टुकीको फोर्ट नक्सस्थित बुलियन डिपोजिटमा करिब ४६ हजार क्विन्टल सुन राखिएको फेडरल रिजर्भले दाबी गरेको छ । सुरक्षाका विभिन्न उपाय अपनाएर सुन राखिएको उक्त फोर्ट नक्स एउटा सैन्य पोस्ट रहेको र जुन एक लाख नौ हजार एकड क्षेत्रफलमा फैलिएको उल्लेख गरिएको छ । यसभित्र रहेको ‘गोल्ड भल्ट’ बाक्लो ग्रेनाइटको भित्ताले बनेको र यसको छतसमेत बम प्रुफ बनाइएको छ ।
सुन राखिएको उक्त स्थानलाई युनाइटेड स्टेट बुलियन डिपोजिट पनि भनिन्छ । फोर्ट नक्स बिल्डिङमा सुरक्षा अलार्म जडान गरिएका छन् भने अपाचे हेलिकप्टरले निरन्तर निगरानी गर्ने गरेको बताइएको छ । १२ टन तौलका ढोका जडान गरिएका उक्त भवनको कमाउन्डका ढोका सुरक्षार्थ खटिएका १० सुरक्षाकर्मीको अलग अलग कोडबाट ढोका लक गरिएको हुन्छ । १० जनाकै सुरक्षा कोड फरक फरक हुन्छ र ती १० जनालाई आफ्नो बाहेक अर्कोको कोड थाहा हुँदैन ।

English
MTV NEPAL MTVNEPAL


