अन्तत, लामो समयको लफडापछि निर्देशक तथा निर्माता संजयलिला भन्सालीको बहुप्रतिक्षित चलचित्र ‘पद्यमावत’ जनवरी २५ बाट रिलिज हुने भएको छ ।
गतबर्षको डिसेम्बर १ तारिखमा प्रदर्शन मिति तोकिएतापनि विरोधका कारण यो चलचित्र रिलिज हुने सकेको थिएन । चलचित्रलाई भारतको सेन्सर बोर्डले हेरेपछि रिलिजको डेट तोकिएको हो ।
चलचित्रको नाम सुरुवातमा ‘पद्यमावती’ राखिएको थियो । तर, चलचित्र सेन्सर बोर्डले ५ वटा दृश्यमा केहि फेरवदल गर्न र नाम ‘पद्यमावत’ राख्न भनेको थियो ।
यो चलचित्र जनवरी २५ मा आउने भएपछि यो मितिमा पहिले नै प्रदर्शन मिति तय गरेको चलचित्र ‘प्याडम्यान र ऐयारी’लाई अप्ठ््यारो पर्ने देखिएको छ । चलचित्रमा दीपिका पादुकोण, साहिद कपुर र रणवीर सिंहको मुख्य भूमिका छ ।

English
MTV NEPAL MTVNEPAL


