नेपालको शान्ति प्रकृयामा आर्थिक सहयोग गरेका दातृ संस्थाले रकमको उचित खर्च नभएको भन्दै आफूले दिएको रकम फिर्ता मागेका छन् । अनुदान गरेको ६४ करोड मध्ये केही संस्थाले उक्त अनुदान फिर्ता गरिदिन पनि नेपाल सरकारलाई पत्राचार गरेका छन् ।
ती निकायले शान्तिकोषको सचिवालयमार्फत विभिन्न स्थानमा खर्च गर्न रकम उपलब्ध गराएका थिए। सचिवालयमार्फत सञ्चालित कार्यक्रमहरूको समय समाप्त भएपछि युरोपियन युनियनबाहेकका दाता नेपालबाट फिर्ता भइसकेका छन्।
फिर्ता भइसकेका दातामध्ये जर्मनीबाहेकका मुलुक र निकायले अनुदानबापत दिइएको रकम फिर्ता मागेको शान्तिकोष सचिवालयले जनाएको छ। जर्मनीले नेपाललाई दिएको १४ करोड ८४ लाख ३१२ हजार आठ सय ५३ रुपैयाँ भने फिर्ता नलिने घोषणा गरेको छ। सो रकम मन्त्रिपरिषदरको निर्णयमार्फत राज्यको सञ्चित कोषमा लग्ने तयारी भइरहेको छ। बाँकी रकम भने फिर्ता गर्ने प्रक्रिया सुरु भएको सचिवालयका वित्तीय व्यवस्थापन निर्देशक तोमनाथ उप्रतीले जानकारी दिए।

English
MTV NEPAL MTVNEPAL


