काठमाडौं १७ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेत भारतबाट पक्राउ परेका छन् । गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो। प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ। बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउमा परेका बस्नेतलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ।

English
MTV NEPAL MTVNEPAL


