१७ मंसिर ।पर्सा प्रहरीले सुमितको शव शनिबार साँझ ७ बजे पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलबाट बरामद गरेको छ । सुमितको परिवारल हराएकै दिन मंसिर १३ गते बुधवार नै ईलाका प्रहरी कार्यालय सुगौलीमा खोजीका लागि निवेदन दिएको भएपनि प्रहरीले खोजतलासका लागि चासो नदिएको आरोप परिवारजनले लर्गाका छ् । प्रहरीको लापरबाहीले एक मात्र छोराका मृत्यु भएको दावी सुमितका अभिभावकको छ ।
सुमितको परिवार अहिले शोकमा डुबेको छ । घटना शंकास्पद देखिएकोले प्रहरीले गम्भीर ढंगले अनुसन्धान सुरु गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
‘मारेकै हो भनेर भन्न सक्ने अवस्था पनि छैन, मरेको नै हो भन्ने आधार पनि भेटिदैन, दुवै कुराको संभावना ५०र ५० प्रतिशत छ ।’ उनले भने ‘ हामीले गम्भिर रुपमा अनुसन्धानलाई अगाडी बढाएका छौं ।’
बालकको शव पोर्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको छ । पोष्ट मार्टमको रिपोर्ट आएपछि अनुसन्धानका लागि झनै सहजता हुने प्रहरी नायब उपरीक्षक सापकोटको भनाई छ ।

English
MTV NEPAL MTVNEPAL


