रौतहटमा गोली प्रहार, एकजना घाइते गोली निकाल्न सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको

रौतहटमा अज्ञात समुहको गोली प्रहारबाट एकजना घाइते भएका छन् । रौटहटको भगवानपुरका शेष सै फुल्लाहलाई अज्ञात समुहले गोली प्रहार गरेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिएका छन् । गोली उनको कम्मरमुनीको दाहिने भागमा लागेको प्रहरीले जानकारी दिएको छ ।  गाइभैंसी व्यापारी रहेका सैफुल्लाहलाई उनकै साथी मगनी भन्ने अब्दुल खालिदले बिहान भगवानपुर घाटतिर घुम्न जाउ भनेर बोलाएको र सो स्थानमा पुग्दा गोली हानेर भागेको उनले बताएका छन् । घाइते फुल्लाहको जिल्ला अस्पताल रौतहटमा उपचार भइरहेको छ ।जिल्ला अस्पतालमा गोली निकाल्न सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com