निर्वाचन आयोगले कांग्रेसको प्रचार गरेको भन्दै नेकपा एमालेको कडा आपत्ति

१७ मंसिर । नेकपा एमालेले निर्वाचनका बेला मतदाता शिक्षा सञ्चालन गर्दा नेपाली कांग्रेसको प्रचार गरेको भन्दै निर्वाचन आयोगमाथि प्रश्न उठाएको छ । आइतबार एक विज्ञप्ती निकाल्दै एमालेले निर्वाचन आयोगलाई यस्तो आरोप लगाएको हो ।
‘निर्वाचन आयोगद्वारा विभिन्न १० टिभी स्टेशनबाट प्रसारित गर्ने गरी सञ्चालित मतदाता शिक्षा अन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको उक्त क्विजमा निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘२ उम्मेदवार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सत्ताधारी दलको खास उम्मेदवारलाई निर्वाचन आयोगको उम्मेदवारको रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै निष्पक्ष भनिएको निर्वाचन आयोगले कुन–कुन उम्मेदवारको पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको हो, स्पष्ट पार्न आग्रह गर्दछ।’

एमालेले यदि त्यो प्रचार सामग्री निर्वाचन आयोगको जानकारी बेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रूपमा क्षमायाचना गर्न र निज आयुक्तलाई तत्काल कारवाहीको लागि माग गरेको छ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com