महाकालीमा जंगली हात्तीको आतंक कायमै

कञ्चनपुरको माहकालीमा फेरि जंगली हात्ती पस्न थालेपछि स्थानियहरुमा आतंक छाउन थालेको हो । गहुँवाली लगातार १ सता देखि फेरी हात्ती गा“उमा पस्न थालेपछि माहाकाली नगरपालिकाको वडा नं. ७ र ९ मा फेरि हात्तीको त्राशद्धी छाएको हो । माहाकाली नगरपालिकाको वडा नं. ७ र ९ सिसमघारी, ढकनाघाट क्षेत्रमा मध्यरातमा हात्तीले गहुँवाली नोक्सानी गर्न थालेपछि स्थानिय कृषकहरु समस्यामा पर्न थालेका हुन् । हात्तीको समुह फेरि गाँउ पस्न थालेपछि बस्तीमा मा फेरि आतंक छाउन थालेको माहाकाली नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहेक क्षेत्रीले जानकारी दिएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट माहाकालीको बस्तीमा भित्रिएको हात्तीले माहाकालीको सिसमघारी र ढकनाघाट लगाएत क्षेत्रमा स्थानियहरुले लगाएको वालीनाली नष्ट गर्दै घर पुग्न थालेपछि स्थानियहरुमा समस्या पर्न थालेको स्थानिय खेम थापाले बताएका छन् ।

अझै सम्म जंगली हात्तीको हुलले दर्जनौ स्थानिय कृषको वालीनाली नष्ट गर्दै आएको खेम बहादुर थापाले बताएका छन् । हात्तीको बथानले वालीनाली नोक्सानी गर्दा समेत मध्यवर्ती ब्यवस्थापन समिति लगाएत सरोकारवालाले कुनै चाँसो नदेखाएको स्थानिय कृषहरुको आरोप रहेको छ् । माहाकाली नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले हात्तीको त्राशद्धि रहेको स्थानहरुमा चाडै उज्यालोको ब्यवस्था गर्ने बताएका छन् । ‘हात्तीको आतंक रहेको बस्तीमा उज्यालोको ब्यवस्था गर्ने तयारीमा छौं’ माहाकाली नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले भने ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com