मानिस बुढो भइसकेपछि प्राय मानिसको कपाल फुल्दछ यो स्वभाविक प्रकृया हो । तर कसैकसैको भने एकदमै कम उमेरमा कपाल फुल्ने समस्या देखिन्छ । सानो उमेरमा कपाल फुल्दा मानिस छिटो बुढो देखिन्छ भने युवा अवस्थामा पनि उसमा आकर्षण कम देखिन्छ । त्यसकारण पनि कपाल फुल्ने समस्याले मानिसलाई तनावमा पार्ने गरेको छ । यो सबै हुनमा हाम्रो शरिरमा कतै समस्या वा असन्तुलन भएर नैै हो तसर्थ यस्ता समस्यालाई केही उपायबाट समाधान गर्न सकिन्छ । ती तपशीलमा छन् ।
– नरिवलको तेलको दोस्रो कागतीको रससँग गर्नुस् । कागतीको रस मिसाएर नरिवलको तेलले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । टाउको तेल लगाएको करिब एक घण्टापछि आफ्नो कपाललाई धुनुस् । नरिवलको तेलले फुलेको कपाल रोक्न मद्दत गर्छ ।
– कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर आगोमा उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउको लगाउनुस् । तेलले मालिस गर्नुस् । र कपाल धुनुभन्दा पहिला कम भन्दा कम एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रियामा हप्तामा एक पटक वा दुईपटक सम्म गर्नुस् ।
– कपाल कालो गर्नमा महेन्दी नामक विरुवाको पातको प्रयोग पनि महत्वपूर्ण मानिन्छ । एक मुठ्ठी महेन्दीका पातलाई पिसेर लेदो बनाउनुस् । यसको लेदोमा तीन चम्चा अमला पाउडर, एक चम्चा दही मिलाएर आफ्नो कपालमा समान रुपमा लगाउनुस् । सुकेपछि धुनुस् ।
– प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । एउटा काँचको कचौरामा प्याज र कागतीको रस मिलाउनुस् । आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि एक हल्का हर्बल स्याम्पूले धुनुस् । यद्यपी प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ ।
– बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईको कपाल विस्तारै विस्तारै कालो चमकदार हुनेछ ।
– नरिवलको तेलमा करी९एकप्रकारको जडीबुटी०को पातलाई मिसाएर कालो हुँदासम्म उमाल्नुस् । चिसिएपछि यसलाई आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । र ४५ मिनेटपछि मात्रै कपाल धुनुस् ।
– कालो चियाले कपाललाई कालो बनाउनुका साथै नरम र चमकदार बनाउँछ । एक कप पानीमा दुई चम्चा चियापत्ति मिसाएर उमाल्नुस् । त्यसमा एक चम्चा नुन पनि मिसाउनुस् । चिसिएपछि छान्नीमा छानेर त्यो कालो पानीले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् र एक घण्टापछि चिसो पानीले धुनुस् ।
– कालो तिल वा तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्मच कालो तिलको बिउलाई कम्पतिमा पनि तीन महिनासम्म सेवन गर्नुस् । आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् । फइदा हुनेछ ।

English
MTV NEPAL MTVNEPAL


