Kantipur काण्ड : पत्रकारमाथि यति ठुलो दमन , तलब नदिई उल्टै धम्काउने गरेको खुलासा

कान्तिपुर मिडिया ग्रुपअन्तर्गत सञ्चालनमा रहेका सबै सञ्चारमाध्यममा कार्यरत श्रमजीवीहरु यतिबेला आन्दोलनमा छन् । मिडिया ग्रुपका कान्तिपुर दैनिक, दि काठमाडौं पोष्ट, नारी मासिक र कान्तिपुर टेलिभिजनका श्रमजिवी कर्मचारी÷पत्रकार आफ्नो श्रमका लागि विभिन्न आन्दोलन गरिरहेका छन् । कान्तिपुर ग्रुपका अक्ष्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले पत्रकार कटौतीका नाममा एक्लाएक्लै वार्ता गर्ने र फोनमार्फत जब्बरजस्ती राजीनामा दिन बाध्य गराउने रणनीति अपनाएको पीडितहरुको गुनासो छ । झन्डै तीन दशकदेखि कार्यरत पत्रकार÷कर्मचारीलाई श्रमजीवी ऐनअनुसार सेवा सुविधा नदिई गल्हत्याउने गरेको कान्तिपुर संयुक्त संघर्ष समिति सदस्य शिवप्रसाद काफ्लेले बताए । कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका लागि यो हर्कत कुनै नौलो नभएको श्रमजीवी पत्रकारहरुले बिगतदेखि नै बताउँदै आएका छन् । सिरोहियाको अर्थोपार्जनप्रति ज्यादा ध्यान केन्द्रित हुने हुँदा पनि कान्तिपुरका श्रमजीवी पत्रकारदेखि मजदुर कर्मचारी जहिले मारमा परेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com