भक्तपुरमा खाजा खान गएका समिर सैजुको रहस्यमय निधन

चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित टप्पादुफोमा रहेको बाटोमाथिको रिसोर्टमा साथसँग खाजा खान गएका एक युवकको मंगलबार साँझ शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, जेंला बस्ने ३२ वर्षीय समीर भन्ने नारायणप्रसाद सैंजु रहेका छन् । साथीहरुले अचेत अवस्थामा घर पु¥याएका समीरलाई भक्तपुर च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा उपचारका लागि लगिएकोमा त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतककी पत्नी राधिका सैंजुका अनुसार मंगलबार साँझ ४ः३० बजे समीरलाई उनका दुईजना साथीले अचेत अवस्थामा मोटरसाइकलमा राखेर घरपुर्याएका थिए । त्यसपछि तत्कालै उपचारका लागि च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा लगिएको समीरलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए ।

जनस्वास्थ्यका चिकित्सकको निर्णय चित्त नबुझी मध्यपुर अस्पतालमा लगिएका समीरलाई त्यहाँका चिकित्सकले पनि मृत घोषणा गरेका थिए । समीरको मृत्युपछि प्रहरीले समीरका साथीमध्येका उमेश सैंजुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानाकारी दिएका छन् ।स्रोतका अनुसार प्रहरीले मृतकका अर्का साथी बाबुकाजी छवाजुलाई पनि नियन्त्रणमा लिएको छ । प्रनाउ प्रसाईंले घटनाको  अनुसन्धान भइरहेको बताउँदै शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जानाकारी दिएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com