फी नतिरेको भन्दै परीक्षामा बस्न नदिएपछि छात्राले गरिन् आत्महत्या

बंगलादेशको ढाकामा अध्ययन गरिरहेकी एक नेपाली छात्रा मृत फेला परेकी छिन् । ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् । परीक्षामा फी नतिरिएको भन्दै हलमा बस्न नदिएपछि उनी कोठामा आएर आत्महत्या गरेको उनका साथिहले बताएका छन् ।
उनी सो कलेजको २२ औं व्याचको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासका उपप्रमुख धनबहादुर ओलीले जानकारी दिए । उनका अनुसार साहका साथी र प्रहरीले घटनाबारे दूतावासलाई जानकारी गराएका थिए । त्यसपछि मृतकका आफन्तलाई दूतावासले जानकारी गराएको थियो ।

उनका साथीहरुले दिएको जानकारी अनुसार परीक्षा हलबाट निराश हुँदै होस्टलको कोठामा फर्किएकी उनी बुधबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । कलेज सन्चालक अब्दुल गफुरले ट्युसन फी समयमै नतिरेपछि साहलाई परीक्षामा बस्न नदिइएको स्थानीय मिडियालाई बताएका छन् । सेकेन्ड टर्मको परीक्षाको प्रवेशपत्र लिनका लागि लागि कलेजले दुई लाख टाका विद्यार्थीहरुबाट माग गरेको साहका सहपाठीहरुलाई उद्धृत गर्दै बंगलादेशको जागो न्यूज अनलाइनले लेखेको छ । अनलाइनका अनुसार कलेज प्रशासन र शिक्षकहरुको दबावका कारण साहले आत्महत्या गरेको अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरीरहेको रहेको जानकारी दिएको छ ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com