बुद्ध एयरलाइन्सले नयाँ विमान भित्र्याएको छ । ७२ सिट क्षमताको सो नयाँ विमानसहित बुद्ध एयरलाईन्सको विमान संख्या दश पुगेको छ । विमान बिहीबार सााँझ ६ बजेर ५५ मिनटमा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो नेपालको सबैभन्दा ठूलो निजी एयरलाइन्स बुद्धले ‘एटिआर ७२–५००’ सिरिजको विमान थप गरेको हो । यही मोडेलका ४ वटा विमान बुद्ध एयरलाइन्ससँग पहिले नै सञ्चालनमा थिए । अब यो मोडेलको विमानको संख्या ५ पुगेको छ । यस नयाँ विमानको मूल्य करिब १ अर्ब रुपैयाँ बराबर रहेको जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै ह्यांगर भएको बुद्धसँग ४२ सिट क्षमताको एटिआर ४२÷३२० तीन तथा १८ सिट क्षमताको बिचक्राफ्ट १९००डी सिरिजका दुईवटा विमान पनि सञ्चालनमा छन् । हाल बुद्धले काठाडौंबाट विराटनगर, पोखरा, भद्रपुर, नेपालगन्ज, भैरहवालगायत दैनिक ४५ बढी ठाउँमा उडान गरिरहेको छ । त्यस्तै माउन्टेन र अन्नपुर्ण क्षेत्रमा पनि माउन्टेन फ्लाइट नियमित उडान गर्दै आएको बुद्ध एयरलाइन्सले जनाएको छ ।
बुद्ध एयरले अन्तर्राष्ट्रिय रूपमा साताको एउटा फ्लाइट भारतको बनारसमा समेत उडान गर्दै आएको छ । यो नयाँ विमान थपेसँगै बुद्ध एयरलाइन्सले भारतको कलकत्तामा पनि उडान गर्ने प्रकृयाको थालनी गरिसकेको छ । त्यस्तै भुटानको पारो र भारतको बनारसमा चार्टर उडान पनि गरिरहेको छ । सन् २०२० बाट एयरबस विमान खरिद गरेर अन्तर्राष्ट्रिय उडान सेवा नियमित विस्तार गर्ने योजना रहेको बुद्ध एयरलाइन्सले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


