भारतको हैदरावादमा एकजना युवाले फिल्म हेर्दै गर्दा युवतीलाई बलात्कार गरेको समाचार बाहिर आएको छ । एकजना १९ वर्षीय युवतीलाई २३ वर्षीय युवाले सिनेमा हलमै बलात्कार गरेका हुन् । आसपासमा खाली सिट भएको मौका पारेर ती युवाले आफुमाथि बलात्कार गरेको कुरा पिडीत युवतीले बताएको प्रहरीले जनाएको छ । केही दिनअघिबाट चलिरहेको फिल्म पद्मावत हेर्ने क्रममा त्यस्तो घटना भएको छ । बलात्कृत युवती कक्षा १२ पढ्ने र ती दुइजनाको चिनजान फेसबुकमार्फत भएको विविसीले जनाएको छ । केही समयअघिबाट तिनीहरु प्रेममा रहेको पनि खुलासा भएको छ ।
पुलिसका अनुसार करिब २० दिनअघि दुवै सिकन्दराबादमा एक होटलमा भेट भएका थिए । त्यसपछि उनीहरु दुवै युवाकी बहिनीको घर जगतगिरीगुट्टा गएका थिए । त्यही क्रममा २९ जनवरीमा ती युवाले पीडित युवतीलाई फोन गरेर स्थानीय स्वाति होटलमा बोलाएका थिए । होटलमा केहीबेर बसेपछि दुवैजना घुम्न भन्दै इन्दिरा पार्क गएका थिए । त्यहाँ केहीबेर बसेपछि फिल्म हेर्न उनीहरु प्रशान्त सिनेमा घर पुगेका थिए । जहाँ पीडितले आफूमाथि युवाले बलात्कार गरेको आरोप लगाएकी हुन् पीडितको गुनासोपछि पुलिसले उजुरी दर्ता गरेर ३१ जनवरीमा बलात्कारको अभियोग लागेका युवालाई पक्राउ गरेको छ । त्यसपछि अभियुक्तलाई अदालतमा पेश गरेर न्यायिक हिरासतमा पठाइएको छ । पुलिसका अनुसार हल मालिकविरुद्ध पनि कारबाही थालिएको छ ।

English
MTV NEPAL MTVNEPAL


