भारतीय दूतावासको भोजमा ओली गएनन्

क्षिणी छिमेकी मुलुक भारतले शुक्रबार भव्य समारोहबीच ६९ औँ गणतन्त्र दिवस मनाएको छ । नयाँदिल्लीस्थित राजपथमा भव्य कार्यक्रमसहित गणतन्त्र दिवस मनाएको हो । नेपालसहित विश्वभरका भारतीय दुतावासमा पनि गणतन्त्र दिवस मनाइएको छ । नेपालस्थित भारतीय दूतावासले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका उच्च पदस्थ नेताहरु सहभागी भए । तर भावी प्रधानमन्त्रीका रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने दूतावासले गणतन्त्र दिवसका लागि दिएको निम्तो छल्दै पोखरा पुगेका छन् । उनले त्यहाँ सामुदायिक रेडियो प्रसारक सं‌घको १३ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै देउवा सरकारको कडा आलोचना गरे ।

ओलीको सचिवालयका अनुसार यसअघि नै निर्धारित भइसकेको कार्यक्रमलाई सम्बोधन गर्न ओली पोखरा पुगेका हुन् । त्यहाँको कार्यक्रमलाई सम्बोधन गरेर ओली काठमाडौँ फर्किने कार्यक्रम छ । गत वर्ष भारतीय दूतावासले गरेको गणतन्त्र दिवसको कार्यक्रममा पनि ओली सहभागी भएका थिएनन् । तर, अन्य शीर्ष नेताहरु भने त्यो कार्यक्रममा पुगेका थिए

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com