१८ मंसिर । चुनावको मिति नजिकिएसँगै काठमाडाँेैबाट बाहिरिने सवारी साधनको संख्या बढेको छ । दोस्रो चरणको निर्वाचन आउनै लाग्दा विभिन्न जिल्लाबाट कामको सिलसिलामा काठमाडौं उपत्याकामा रहँदै आएका मानिस मतदानका लागि घर फर्कन थालेका कारण बाहिरिने सवारी साधनको संख्यामा सामान्य वृद्धि देखिएको हुन सक्ने अनुमान गरिएको छ । महाशाखाको तथ्यांकअनुसार आइतबार उपत्यकामा विभिन्न नाकाबाट ९,९७३ सवारी साधन भित्रिएका छन् । सोही दिन उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या भने १०,०६९ रहेको महाशाखाले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


