गलत खानपान वा कुनै रोगका कारण धेरै मानिसलाई अल्सरको समस्या हुने गरेको छ । अल्सर विभिन्न किसिमका हुन्छन् ः अमाशयको अल्सर, पेप्टिक अल्सर र ग्यास्ट्रिक अल्सर । समयमै यस रोगमा ध्यान नदिँदा क्यान्सर पनि हुन सक्छ ।
अल्सरका कारण
पेनकिलरहरूको अत्यधिक प्रयोग, चियाकफीको अत्यधिक सेवन, गरम मसलाहरू धेर खाँदा, हेलिकोबेक्ट पाइलोरी ब्याक्टेरिया, गलत खानपान, तनाव र डिप्रेसन
अल्सरको मुख्य लक्षण
खाली पेट दुख्ने, भोक नलाग्ने, दिसाबाट रगत आउने, अपच, छाती पोल्ने, पेट घरिघरि दुख्ने, पेट पोल्ने, वाकवाक आउने
केही सरल घरेलु आयुर्वेदिक उपायमार्फत तपाईं अल्सरलाई नियन्त्रण गर्न सक्नुहुन्छ । यहाँ हामी केही उपाय बताउँदैछौं ।
मुलेठी
एक गिलास पानीमा एक सानो चम्चा मुलेठीको धूलो हालेर मिसाउनुस् अनि १५ मिनेट त्यत्तिकै छोडिदिनुस् । त्यसलाई छानेर दिनमा तीनचोटि पिउनुस् । लगातार पिउँदा अल्सर निको हुन्छ ।
गाजर
गाजर र बन्दाकोभीलाई बराबर मात्रामा मिसाएर जुस निकाल्नुस् । दिनमा दुईचोटि यस जुसको सेवन दिनदिनै गर्नुस् । अल्सर नियन्त्रणमा रहन्छ ।
मेथीको दाना
एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा उमाल्नुस् र चिसो बनाएर छान्नुस् । त्यस पानीमा एक चम्चा मह मिसाएर दिनमा एकचोटि पिउनुस् । यसले पनि अल्सर हटाउँछ ।
अमला
राति एक गिलास पानीमा दुई चम्चा अमलाको धूलो, पिँधेको सोंठ र दुई चम्चा मिश्रीको धूलो मिसाएर भिजाउनुस् । बिहान यो पानी सेवन गर्दा अल्सरको समस्या समाधान हुन्छ ।
चिसो दूध
एक कप चिसो दूधमा आधी चम्चा कागतीको रस मिसाउनुस् । दिनमा दुईचोटि यसलाई सेवन गर्नुस् । अल्सरको समस्या समाधान हुन्छ ।
एजेन्सी

English
MTV NEPAL MTVNEPAL


