पहाडी जिल्लामा पनि लोकप्रिय बन्दै गएको छठ,,काठमाडौंको कमलपोखरीमा देखिएको यस्तो रौनक…

तराईबासीहरुको सबैभन्दा ठुलो चाड हो छठ ….विशषेगरि छठमा तराईबासी महिलाहरुले ब्रत बसी विभिन्न पोखरी तथा नदि किनारमा पुजाआजा गरि छठ मनाउने चलन रहिआएको छ । पहिले पहिले तराईबासीले मात्रै धुमधामले मनाउने गरेको छठ अहिले सबैको प्रिय पर्व बन्दै गएको छ । नेपालका पहाडी जिल्लामा पनि अहिले छठलाई विशेष रुपमा मनाईन्छ ।

तराईका खोला किनार ,पोखरी मात्रै होईन यसवर्ष काठमाडौं लगायतको पहाडी भेगका पोखरी पनि छठका निमित्त बेहली झैं सृंगारिएको थियो । छठका दिन काठमाडौंमा रहेको कमलपोखरी र गौरीघाटमा छठको पुजास्थल निर्माण गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गर्नुभको थियो । यस्तै कमलपोखरीको पूजास्थलमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहको उपस्थिति रहेको थियो । यसवर्ष कमलपोखरी ,गौरीघाट लगायतका छठ पुजास्थलमा वर्तालुहरुको बाक्लो भिड लागेको देखियो ।

छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइन्छ। व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजन राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्कन्छन् ।
षष्ठीको भोलिपल्ट ब्रह्ममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । ।

https://www.facebook.com/mtvnews.portal.7/videos/867366995054573

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com