दुर्गा प्रसाईं समर्थक र प्रहरीबिच काठमाडौंको बल्खुमा महासंग्राम,, महेश बस्नेतको आन्दोलन पनि जारी

अहिले काठमाडौंको बल्खुमा महासंग्राम चलिरहेको छ । मेडिकल व्यवसायी तथा केहि समय अघिदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानमा लागिरहेका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडप भएको हो । उनि गणतान्त्रिक मुलुकमा राजा ल्याउने अभियानमा लागेका छन् ।
बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रहरी बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालीमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
यसैबिच अहिले चलिरहेको झडपमा परि केही प्रदर्शनकारी घाइते भएका छन् । केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन् । अभियान संयोजक दुर्गा प्रसाईँ बल्खुस्थित प्रदर्शनस्थलबाट बाहिरिने बित्तिकै पटक–पटक दुई पक्षीयबिच झडप हुँदै आएको छ ।
यता एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँलाई ठिक ठाउँमा बस्न चेतावनी दिएका छन् । काठमाडौँको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताए । नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ समाप्त भएको घोषणा समेत गरे । युवा सङ्घका कार्यकर्ता बल्खु हुँदै कोटेश्वरतिर जाने क्रममा दुई समूहबीच ढुङ्गा हानाहान शुरु भएको थियो । आजको विरोध प्रदर्शनका लागि काठमाण्डौ जिल्ला प्रशासनले प्रसाईं समूहलाई बल्खु र युवा सङ्घलाई तीनकुने तोकेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com