आज जनै पुर्णिमा …हिन्दु धर्मावलम्बिहरुले विशेष चाडका रुपमा लिने जनै पुर्णिमालाई आज विशेष तवरले मनाईएको छ । विशेष गरि आज दिदि बहिनिहरुले आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनको डोरी बाधिदिने गर्दछन् । अनि विशेष खानेकुरा बनाएर खाने खुवाउने चलन छ ।
जनै पुर्णिमा विशेष गरि नेवार समुदायमा क्वाटी बनाएर खाने प्रचलन रहिआएको छ । पछिल्लो समय भने सबै जात जातीले क्वाटीलाई विशेष परिकारका रुपमा लिने गर्दछन् । नौ प्रकारका गेडागुडीहरुलाई टुसा उमारेर खाँदा बर्खामा लागेको चिसो हटि शरिरमा तातो प्रदान गर्दछ भन्ने मान्यता रहिआएको छ ।
तर पछिल्लो समयको आर्थिक मन्दिको असर क्वाटीमा पनि देखिएको छ । दैनिक उपभोग्य वस्तुको मुल्य दिन प्रतिदिन बढीरहेकोमा क्वाटीको खरिद बिक्रिमा पनि यसले प्रत्यक्ष असर पारेको छ । क्वाटिमा प्रयोग गरिने चना, केराउ, मास लगायतका गेडागुडीको मूल्यमा वृद्धि भएकाले गत आर्थिक वर्षको तुलनामा यसवर्ष क्वाँटीको मुल्य प्रतिकेजी ४० रुपैयाँसम्मले बृद्धि भएको देखिएको छ ।
गेडागुडीको मूल्य बढेसँगै क्वाटि महँगो भएको व्यवसायी बताएका छन् । व्यवासायीका अनुसार गतवर्ष १५० रुपैयाँमा बिक्री भएको थियो । यसवर्ष भने क्वाटीको मुल्य १७०–१८० रुपैयाँ पुगेकोे छ । प्याकेजिङ गरिएको क्वाटि भने बजारमा खुद्रामा १९०÷२०० रुपैयाँसम्ममा उपभोक्ताले खरिद गर्न बाध्य छन् ।
यसरी अस्वाभिक रुपमा मुल्य बृद्धि भएपछि यसवर्ष क्वाँटीको व्यापारमा गिरावट आएको व्यापारीको गुनासो छ । नेपाली उपभोक्ता आर्थिक मन्दिबाट झेलिरहेको अवस्थामा क्रयशक्ति कम भएको अवस्था छ । यसकारण पनि उपभोक्ताहरुको चहलपहल बजारमा कम देखिन्छ । २ किलो क्वाटि किन्नेले पनि आधा केजी÷पाउमा किन्न थालेकाले पनि क्वाटिको बिक्रीमा गिरावट आएको खाद्यान्न व्यवसायीहरुको भनाँई छ ।।

English
MTV NEPAL MTVNEPAL


