पुत्र वियोगले निधन भएका वरिष्ठ कलाकार सानु ताम्राकारको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
गत असारमा छोरा सारुक ताम्राकार घरमा मृत फेला परेपछि विक्षिप्त बन्नुभएका ताम्राकारको त्यसपछि स्वास्थ्य अवस्था बिग्रिएको थियो । उहाँ साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो । उपचार कै क्रममा ताम्राकारको शनिबार करिब ३ बजे अस्पतालमा निधन भएको हो ।
‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका चलचित्रमा अभिनय गर्नुभएका ताम्राकारको आज अन्त्येष्टि गरिएको हो ।

English
MTV NEPAL MTVNEPAL


