सन्दिपको मुद्दाको पेसी सर्नु अदालतको फेवर त होईन ? राजा होस या रैति कानुन बराबर होलानी..

चर्चित क्रिकेटर सन्दिप लामिछाने मुद्दाको पेसी फेरि सरेको छ । तर साँच्चिकै पेसि सरेको होकी सारिएको भन्ने प्रश्न पनि उठ्न थालेको छ । किनकी उनको मुद्दा आज मात्रै होईन यसअघि पनि पटक पटक सारिएको थिाये ।

जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आज हेर्न नभ्याइएका कारण सुनुवाई भएन । पेशी पुनः भदौ २१ गते हुने भनेर तोकिएको छ ।

बलात्कारलाई जघन्य अपराध मानिन्छ त्यसैमाथि नाबालिक बलात्कार त झनै ठुलो अपराध हो । बलात्कारीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ । कानुन भन्दा ठुलो केहि नि हुन सक्दैन । राजा होस् रैति सबैका लागि कानुन बराबर हुनुपर्दछ तर नेपालको कानुन दैवले जानुन् भनेको जस्तै प्रमाणित हुँदैछ ।

केहि फटाह महिलाले नै जालझेल बुनी झुटा आरोप लगाउँदा पनि सोझा साझा युवालाई बिना अनुसन्धान वर्षौ जेल कोच्ने न्यायलय सन्दिपको केसमा भने ठ्याक्कै उल्टो बनिदिएको छ । जबकी उनले आफुलाई निर्दोष सावित गर्न पेश गरेका प्राय प्रमाण फर्जि सावित भईसकेका छन् । यस्तोमा उनलाई कारबाही भईसक्नु पर्ने हो तर जिल्ला मात्रै होइन सर्वोच्च अदालत सम्मका न्याधिसहरुले उनलाई साथ दिई रहेको देखिन्छ । त्यसैले उनलाई खुलम खुला छोडिएको छ । पटकपटक पेसि सारिएको छ ।

यसैबिच नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि पाकिस्तान जाने भएका छन् । नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ ।

हो उनले राष्ट्रको लागी धेरै योगदान दिएका छन् त्यसलाई नर्कान सकिदैन तर के बलात्कार जस्तो जघन्य अपराधको कानुन उनलाई नलाग्ने हो र ? अपराधि भनेको त अपराधि नै हो ..होइन र ?
कानुन पनि स्तर हेरेर लाग्ने हो भने त भोली नेपाल जस्तो शान्तिको देश त अपराधि नै अपराधिको देश भनेर चिनिने छ । पैसा पावरको आडमा यस्ता अपराध प्रोत्साहन भईराख्ने छन् । लाखौं चेलिको अस्तित्व धरापमा पर्ने छ भने हजारौं परिवार यहि पिडाले प्रताडित हुनुपर्ने छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com