सञ्चारमन्त्री शर्माको आरोप : मन्त्रायलमा रहेका स्वार्थ समूहले कानुन बनाउन दिदैनन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी रहेको खुलाशा गर्नुभएको छ ।

तीनै समूहका कारण आवश्यक कानून निर्माणमा समस्या भएको उहाँले बताउनुयो ।

नेपालममा साइबर ऐन तथा सूचना सम्बन्धि विधेयक बनाउन अत्ति आवश्यक रहेकोमा विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुङ्गो लाग्न नसकेको उहाँले गुनासो गर्नुभयो । मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल शुरु हुने बित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानूनको अपव्याख्या शुरु गरेको उहाँको भनाई छ । उहाँले कानूनको अपव्याख्या र खरो रुपमा प्रहार गर्ने गरिएको भन्दै मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गर्नुभयो ।

सञ्चारमन्त्रीको निरिहताले नेपाली राजनितिको लज्जास्पद अवस्था प्रष्ट्याएको छ । कुनै मन्त्रालयकै प्रमुखले समेत काम गर्ने वातावरण नभएको देशमा अरुको अवस्था कस्तो होला ? सहजै अन्दाज गर्न सकिन्छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com