व्यक्तिगत जग्गामा बिरुवा रोपेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विवादित बनेका छन् । हराभरा धरान बनाउने अभियानमा लागेका मेयर साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती बिरुवा रोपेको आरोप लागेको छ ।
मेयर साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।
धरान ४ स्थित छोटी मोरङ डाडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबर्जस्ती बिरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए ।
श्रमदानबाट धरानको मुहार र्फेर्ने लक्ष्य लिएका मेयर साम्पाङ देशविदेशमा चर्चित छन् । उनी भुँई मान्छेको उपनामले पनि चिनिन्छन् । राम्रो काम गरेको भन्दै प्रशंशा बटुलेका मेयर साम्पाङ पछिल्लो समय पटक पटक विवादित बन्दै आईरहेका छन् ।।

English
MTV NEPAL MTVNEPAL


