सप्तकोशीमा पानीको बहाव उच्च,, ५६ मध्ये १९ ढोका खोलिए

सुनसरीमा धेरै भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत चौबिस घन्टामा सुनसरीको चतरा स्टेशनमा धेरै भारी वर्षा मापन भएको हो ।

पछिल्लो २४ घन्टामा त्यहाँ १५४ मिलिमिटर वर्षा भएको छ । त्यहाँ पछिल्लो एक घन्टामा ७.४ मिलिमिटर वर्षा भएको छ । वर्षाका कारण सप्तकोशीमा पानीको बहाब केही बढेपनि सतर्कता तहमुनी नै छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज मध्याह्न १२ बजे सप्तकोशीको बहाव १ लाख ४८ हजार ४९८ क्यूसेक पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कोशी ब्यारेजका ५६ मध्ये १९ ढोका खोलिएका छन् ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com