ललिता निवास प्रकरण : भाटभटेनिका सञ्चालक गुरुङसहित १८ जना थप ३ दिन हिरासतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईले पनि दिए बयान

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुरगुरुङ सहित १८ जनालाई हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिनुभएको हो ।

यसैबिच साउन ३१ मा अनुसन्धानको म्याद थप गरेको प्रहरीले ललिता निवास प्रकरणमा अनुसन्धान पुरा भएको जानकारी दिएको छ । आज राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता ९एसपी० नवराज अधिकारीले बताउनुभयो ।

यो प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईकोे बयान लिएको थियो । ललिता निवास जग्गा हिनामिना प्रकरणम पूर्वप्रधानमन्त्रीद्वयसँग बयान नलिएको भन्दै आलोचना भएपछि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग आइतवार बेलुका बयान लिएको जानकारी दिएको छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com