नेपालमा उच्च शिक्षाका लागी राम्रा कलेज तथा युनिर्भसिटि नभएका होईनन् तर अहिले +२ सकिने बित्तिकै विदेशमै गएर पढ्नु पर्छ भन्ने फेसन चेलेको छ ।
घरको अवस्था जस्तो होस तर ऋण गरेर भएपनि आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाउने अविभावकबिच समेत होडबाजी नै देखिन्छ । अर्को साथी विदेश गयो आफु जान पाएन भने जिवनमै आफु असफल भएको महशुस गर्छन अहिलेका युवा …
नेपालमा बस्नु नै आत्मग्लानी महशुष गर्ने चलन बनेको छ । जो कोही कलेज पढ्ने विद्यार्थीको +२ पछिको पहिलो रोजाईनै विदेशि ठुला मलुक बन्ने गरेका छन् । अमेरिका ,अष्ट्रेलिया क्यानडासंगै युरोपेली मुलुकहरु नेपाली विद्यार्थी मुख्य आकर्षण बनेका छन् ।
यसरी शिक्षाकै नाममा नेपाली विद्यार्थीहरु बाहिरिरिहेको अवस्थामा विद्यार्थी मात्रै नभई हाम्रो राष्ट्रको उर्जाशिल उमेर पलायन भईरहेको छ । पढ्नका लागी जाने अनि उतैको नागरिक भएर नेपाल नर्फकने जनशक्तिको संख्या बढ्दो छ । यसले नेपालकै अर्थतन्त्रमाथि पनि ठुलो हलचल ल्याउने गरेको छ ।
गएको आर्थिक वर्ष २०७९÷८० कै तथ्यांक हेर्ने हो भने नेपालको खुद सेवा आय नै ८३ अर्ब ८५ करोड रुपैयाँले घाटामा छ ।
प्रकृतिको प्रचुर सम्भावना रहेको देशमा विदेशीले ६१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । तर नेपालीले भने विदेशमा त्यसको दोब्बर बढी रकम खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ४८ प्रतिशत अर्थात नेपालीले एक वर्षैमै व्यय एक खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेका छन् ।
यस्तै विदेशमा पढ्नकै लागि एक आर्थिक वर्षमै नेपालीले एक खर्ब ४२ करोड रुपैयाँ खर्च गरेका छन् ।
यसले केवल नेपाली विद्यार्थी मात्रै बाहिरिएको देखाउँदैन … नेपालको शिक्षा प्रणाली माथि ठाडो प्रहार समेत गर्छ । नेपाली शिक्षा प्रणालीलाई कमजोर सावित गराउँदै गएको छ । के साँच्चीकै नेपालको शिक्षा कमजोर भएकै हो त ?

English
MTV NEPAL MTVNEPAL


