आँखा पाके के गर्ने ? यस्तो भन्छन् नेत्र चिकित्सक

काठमाडौंको सिनामंगलमा आफ्नी फपुसंग बस्दै आएका संगम बोगटी दुई दिन भयो स्कुल नगएको .. उनको स्कुलका ५० बढी विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण देखिएपछि अरु विद्यार्थीमा संक्रमण नबढोस् भनेर केहि दिनका लागी उनको विद्यालयको पठनपाठन बन्द छ । संगम जस्तै धेरै विद्यार्थी मात्र नभएर देशव्यापी रुपमै अहिले आँखा धेरै जनामा पाक्ने रोगको संक्रमणले सताएको छ ।

आखिर के हो त आँखा पाक्ने रोग ?
एडिनो भाइरसका कारण लाग्ने यो आँखा पाक्ने रोग एक संक्रामक रोग हो । प्रतिरोधी क्षमता कमजोर भएका, रूघाखोकी भएकाहरूलाई पहिला आँखा पाक्ने रोग देखिने गरेको छ । आँखा पाक्ने समस्या र रूघाखोकीको समस्या सँगसँगै आउने गर्छ । आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, बारम्बार आँसु आउने,घाममा हेर्न अप्ठ्यारो हुने, आँखामा कचेरा आउने , आँखाको डिलहरू सुन्निने लगायतका लक्षणहरु देखिने गर्छन् ।

तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीका अनुसार यो रोग ३ देखि ४ हप्तासम्म यो रोग आफैं ठीक हुन्छ । यसबाट हुने जटिल समस्याबाट जोगिन मात्रै उपचार गर्दा हुन्छ । उहाँले बच्चाहरूको आँखा पाके १ हप्ता स्कुल पठाउन नहुने बाताउनु भयो ।

अहिले देशका विभिन्न अस्पताल तथा विशेषगरि आँखा अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढ्दो छ । आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको डा.अधिकारीले जानकारी दिनुभयो ।

डा.अधिकारीले भन्नुभयो “ आँखा पाकी हाले आँखा चिसोले तथा बरफले सेक्ने ,सफा पानीले आँखा सफा गर्ने ,घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने , संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्नु पर्छ ।”

यस्तै संक्रमित आँखालाई सकेसम्म नचलाउन , स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजान ,अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

कुनैपनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए जथाभावी औषधिको प्रयोग नगरि नजिकको आँखा केन्द्रमा गएर चिकिच्सकको परामर्श लिनुपर्ने लिनुपर्ने उहाँको शुझाव छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com