नेपालमा बसेका भारतियको हातमा नेपाली नागरिकताकोे बारेमा त हामीले धेर थोर जानकारी पाएकै कुरा हो तर हुँदा हुँदा विदेशि अपराधिसंग पनि नेपाली नागरिता भएको पाईएको छ । अहिलेको चर्चित सय केजी सुन काण्डका मुख्य आरोपीका रुपमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता फेला परेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र एक जनासँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको नागरिकता भेटिएको हो ।
नागरिकतासंगै नेपाली राहदानी पनि भेटिएको छ । गोप्य स्रोतका अनुसार, प्रकरणमा पक्राउ परेका होटल भियनाका सञ्चालक दावा छिरिङको साथमा भएको नेपाली नागरिकता २०७४ मा जारी भएको देखिएको छ । त्यस्तै विभिन्न मितिमा पक्राउ परेका चिनियाँ नागरिक डिङ सेग्फाले रामा लामाको नाममा २०२१ को डिसेम्बरमा नागरिकता लिएको भेटिएको छ । त्यस्तै, ली नेङ्काईले सोनाम लामाको नाममा नागरिकता लिएको पाइएको छ ।
थप दुई जनाको साथमा भने भारतीय आधार कार्ड फेला परेको प्रहरी प्रवक्ता कठायतले बताए ।
यसरी विदेशि अपराधी तस्करसंग भेटिएको नेपाली नागरिकताले नेपाली कानुन माथि ठाडो प्रश्न खडा गरेको छ । नेपालकै तराईबासीले नागरिकता बनाउन आउँदा अनेकथरि प्रश्न सोध्ने ,विवरण माग्ने प्रशासन कार्यालयले ती फटाहा विदेशि नागरिकलाई के आधारमा नागरिकता दियो ? यति फितलो छ विदेशिका लागी नेपालको कानुन ? बजारमा सामान किने जसरी नागरिकता बितरण हुँदा खै कहाँ गयो सरकार ?

English
MTV NEPAL MTVNEPAL


