काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाह अर्थात बालेन बिरुद्ध विरोध प्रदशन गरिएको छ । ¥यापर समेत रहेका मेयर बालेनको चर्चित गित बलिदानमा समेटिएको गरिबको चमेली बोल्दिने कोहि छैन भन्ने शब्दको प्लेकार्ड सहित महानगर कार्यालय अगाडी प्रदर्शन गरिरहेका छन् ।
महानगरपालिकाका सडकमा साइकल, गाडामा व्यापार गर्ने परम्परागत मजदूर तथा उद्यमीलाई वैकल्पिक र सम्मानजनक व्यवस्थापनको माग गर्दै गरिउको विरोधको आज तेस्रो पनि राष्ट्रिय सभा गृह अगाडि ‘गरीबको चमेली’ गीत प्रदर्शन गरेका हुन् । विभिन्न ब्यानर र पमप्लेट लिएर युवाहरुले मेयर बालेन शाहको कार्यकक्ष रहेको सभागृह गेट अगाडि उभिएर प्रदर्शन गरेका हुन् । स्वतन्त्र युवाहरुलाई आन्दोलनका क्रममा काठमाडौंका फुटपाथ सडकमा व्यापार गर्नेहरु पनि आएर साथ दिईरहेका छन् ।
बालेनको काममा असन्तुष्ट केहि पक्षले विरोश गरिरहेपनि बालेन शाहले गरेको कामलाई चौतर्फी वाहवाही मिलिरहेको छ । क्षणिक रुपमा जनतालाई केहि असहज परिस्थितिको सामना गनुृ परेपनि दिर्घकालीन रुपमा यसले धेरै नै सकारात्कम प्रभाव पर्ने सबैको अपेक्षा छ ।
यहाँभन्दा पहिला स्थानिय जनप्रतिनिधिको भुमिकाका बारेमा समेत अवगत नभएका जनता बालेनकै कारण स्थानि जनप्रतिनिधिले चाहे पछि नै यति धेरै परिवर्तन हुने रहेछ भन्ने आवास गरिरहेका छन् । जनताहरुले राष्ट्रको प्रमुखले भन्दा धेरै काम बालेन गरेको भन्दै प्रशंसा गरिरहेका छन् । यसले गर्दा काठमाडौंमा मात्र नभई देशव्यापी रुपमा स्थानिय जनप्रतिनिधिलाई विकासको काम गर्न दबाब मिलिरहेको छ जुन समग्र राष्ट्रका लागी नै सकारातमक पक्ष हो ।।

English
MTV NEPAL MTVNEPAL


