सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवा सुधारका लागि आफू हरबखत लागी परिरहेको बताएकी छन् । आफू मन्त्री पदमा नियुक्त भएयता ६ महिनादेखि निरन्तर छलफल र अन्तरक्रिया गरिरहेको उनले जानकारी दिईन् ।
मन्त्रि शर्माको कस्तो अवधारणा होला टेलिकम शुधारको जस्को छलफलमै ६ महिनासम्म लाग्ने ? अझैं लाग्नेक्रम जारी छ भन्दा पनि फरक नपर्ला ।
आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखेको उनको भनाई छ । तर मन्त्रि ज्युको काम अन्र्तक्रियामा समेत राम्ररी पुग्न सकेको छैन ।
अझैं दर्गम गाउँहरुमा टेलिकमका केवल टावर मात्र ठगिएका छन् सुविधाको अवस्था दयनिय अवस्थामा छ । ईन्टरनेत त सपनामै सिमित हुन्छ । एक कल फोन गर्न पनि डाँडामा डाँडामा पुग्नु पर्छ तर मन्त्रि शर्मा कार्यकाल सम्हालेको यतिका समय बित्दा पनि गाउँ सहर सबैतिर सेवा विस्तार गर्दै जतिसक्दो धेरै उपभोक्तालाई प्रविधिसँग जोड्नुपर्ने भाषण गर्नमै व्यस्त छिन् ।
यस्तो आश्वाशनले टेलिकम सेवा उपभोग गर्न नपाएका सेवाग्राहीलाई झन् पिडा दिने काम मात्र गरिरहेको छ । भाषण भन्दा कामलाई प्राथामिकता दिएको भए यतिन्जेल सम्म धेरै सेवाग्राही लावान्भित हुने थिए ।।

English
MTV NEPAL MTVNEPAL


