आजदेखि दुई गाउँपालीका औपचारिक रुपमा सामाजिक सुरक्षा कोषमा,,अन्य पालिका क्रमशः समेटिने

आजदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति पनि सामाजिक सुरक्षा कोषमा समेटिएका छन् । काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा समेटिएको घोषणा गरेका छन् ।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका आज मात्र त्यसको औपचारिक घोषणा गरिएको हो ।

पहिलोपटक स्याङ्जाको फेँदीखोला र त्यसपछि मकवानपुरको भिमफेँदी गाउँपालिकासँग सम्झौता भएको छ । अन्य पालिकाका श्रमिक तथा स्वरोजगार व्यक्ति पनि क्रमशः कोषमा समेटिने क्रममा छन् ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com