पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो ,, ग्यासको मूल्य यथावत

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले मुल्य बढेको जानकारी दिएको हो । सञ्चालक समितिका अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ ५० पैसा पर्नेछ भने र डिजेल तथा मट्टितेलको मूल्य एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

नेपाल आयाल निगमले इन्डियन आयल कार्पोरेशनबाट मूल्य बढेर आएकाले पनि नेपालमा मुल्य बढेको बताएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेपनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ । ग्यास प्रतिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँ मै उपलब्ध हुनेछ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com